रारा अल्ट्रा म्याराथन ४९ किलोमिटर दौड शुरु

 बैशाख १, २०८१ शनिबार १२:५६:४५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – रारा ४९ किलोमिटर अल्ट्रा म्याराथन दौड प्रतियोगिताको पाँचौ सस्करण शुरु भएको छ । आयोजक कर्णाली स्पोर्ट क्लवका अध्यक्ष सरोज शाहीका अनुसार जुम्लाबाट रारा सम्मको यो दौडमा ५७ जना खेलाडीले भाग लिएका छन् । जसमा १५ जना महिला धावक र ४ जना विदेशी धावक सहभागी भएका छन् ।

यूवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद विनिता कठायत र विश्व किर्तीमानी अल्ट्रा धावक हरिबहादुर रोकायाले प्रतियोगिताको उद्घाटन गर्नुभयो । मन्त्री श्रेष्ठले जुम्लाको पातारासी गाउँपालिका लोटचौरमा शुरु भएका हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि आउँदो वर्ष १० करोड रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया