डोल्पा : डढेलोमा परेर घाइते भएका तीनैजना बालकको ज्यान गयो

 बैशाख १, २०८१ शनिबार १५:३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

डोल्पा – त्रिपुरासुन्दरी नगरपालिका–४ सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनैजना बालकको ज्यान गएको छ । गएको बिहीवार आगलागी घटनामा परेका तीनैजना बालकको ज्यान गएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । आगलागीबाट गम्भिर घाइते भएका १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको आज काठमाण्डौमा ज्यान गएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गएको शुक्रवार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा ज्यान गएकोे थियो । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए । एकै गाउँका तीनजना बालकको आगलागीमा परेर ज्यान गएपछि सिङ्गो गाउँनै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताउनुभयो ।

त्रिपुरासुन्दरीले घाइते दुईजना बालकलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाण्डौ पठाएको थियो । उनीहरुको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडा मात्रै १६ लाख ५० हजार रुपैयाँ लागेको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताउनुभयो ।

खर्च बेहोर्नका लागि त्रिपुरासुन्दरी नगरपालिका र कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको छ । यसअघि डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीनजना सैनिकको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया