पठाओको सेवा अब देशका १८ वटा सहरमा, ५० लाख पटक एप डाउनलोड

 बैशाख १, २०८१ शनिबार १५:३१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राइड सेयरिङ व्यवसायको कम्पनी पठाओको मोटरसाइकल सेवा देशका १८ वटा सहरमा बिस्तार भएको छ । यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिनुभएको छ । स्वरोजगार सिर्जना र जनजिवन सहज बनाउँदै काठमाण्डौ उपत्यकामा लोकप्रिय रहेको पठाओलाई देशभर फैलाउन पाउँदा निकै उत्साहित भएको बस्न्यातले बताउनुभयो ।

कोशी प्रदेशका नौ सहर बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा पठाओको सेवा बिस्तार भएको छ । मधेस प्रदेशको वीरगञ्ज र जनकपुरसँगै देशकै पर्यटकीय राजधानी गण्डकी प्रदेशको पोखरामा पनि पठाओको राइड सेयरिङ सेवा शुरु भएको छ ।

लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार भइसकेको छ । यस अगाडि सेवा बिस्तारको योजनामा समावेश नभए पनि स्थानीयको मागअनुसार कर्णाली प्रदेशको वीरेन्द्रनगरमासमेत सेवा बिस्तार गरिएको बस्न्यातले बताउनुभयो ।

अहिलेका पठाओको विभिन्न सेवामा दुई लाख जनाभन्दा बढी ब्यक्ति आबद्ध छन् । एक लाख ९० हजार जनाभन्दा बढी मोटरसाइकल चालक, १० हजार जनाभन्दा बढी क्याप्टेन अर्थात् ट्याक्सी चालक र खाना डेलिभरीमा पाँच हजार जना दर्ता भइसकेका छन् । कम्पनीकाअनुसार कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया