एसीसी प्रिमियर कप : कतारसँग नेपालले पहिले ब्याटिङ गर्दै

 बैशाख १, २०८१ शनिबार १६:३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटमा कतारसँग नेपालले पहिले ब्याटिङ गर्दैछ । ओमानको अल अमिरातमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

हिजो शुक्रवारदेखि शुरु भएको प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हरायो ।

त्यस्तै प्रतियोगितामा ओमानसहित यूएई र हङकङले पनि विजयी शुरुवात गरेका छन् । एसीसी प्रिमियर कपमा नेपाल समूह 'ए' मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।

यस्तै समूह 'बी' मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया