काभ्रेमा बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ

 बैशाख ३, २०८१ सोमबार १२:३५:७ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–५ नागबेलीमा रहेको बहुमूल्य बोधिचित्तको रुख काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरूले गएको बिहीवार राति नागबेलीमा रहेको ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको प्रहरीले जनाएको छ । काटिएको रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष तीन करोड रुपैयाँमा बिक्री गर्न बैना गरिएको तामाङले बताउनुभयो । उहाँका अनुसार बिहीवार राति १ बजे झन्डै २० जनाको समूहले बोधिचित्तको रुख काटेको थियो ।

प्रहरीका अनुसार रुख काटेपछि उनीहरूले रुखधनी तामाङको घरका ढोका र आँगनमा चार सकेट बम राखेका थिए । पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध हिजो जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्नुभएको छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवम् सांस्कृतिक महत्त्व छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया