नयाँ वर्षकाे दाेस्राे काराेबार दिन शेयर बजार झण्डै १७ अङ्कले घट्याे

 बैशाख ३, २०८१ सोमबार १५:४४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ वर्षकाे दाेस्राे काराेबार दिन पनि शेयर बजार घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ विन्दुमा झरेको छ । हिजाे नयाँ वर्षकाे पहिलाे काराेबार दिन शेयर बजार दुई अङ्कभन्दा धेरैले घटेकाे थियाे ।

 आज सबै समूहको शेयर घटेकोमा उत्पादन, होटल, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन माच्छापुच्छ्रे डिबेन्चर २०८७ र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज तीन सय १४ वटा कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको १७ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया