अन्नपूर्ण क्षेत्रमा नौ महिनामा एक लाख ४४ हजार जना विदेशी पर्यटक भित्रिए

 बैशाख ३, २०८१ सोमबार १८:२१:३९ | रासस
unn.prixa.net

फाइल फाेटाे

कास्की – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ जना विदेशी पर्यटक भित्रिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार गएको साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली देशका ५९ हजार नौ सय ३९ र अन्य देशका ८४ हजार सात सय ३६ जना पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । चैतमा मात्र ३५ हजार दुई सय ६५ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र घुम्न आएका आयोजना प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिनुभयो । यो वैशाख महिनामा पर्यटक सङ्ख्या थप बढ्ने प्रमुख डाक्टर कडरियाको अनुमान छ ।

असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि सबैभन्दा उत्तम मानिन्छ । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गर्छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया