सुदूरपश्चिमकाे मुख्यमन्त्री चयनको विषयमा प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच छलफल

 बैशाख ४, २०८१ मंगलबार १२:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ । भेटमा मुख्यगरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने विषयमा छलफल भएको र प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म निकास निकाल्ने आश्वासन दिएको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता खनाल बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने भेटमा खनालले प्रचण्डलाई बताउनुभएको थियो । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का रेशम चौधरी पक्षसँग सहकार्य गर्ने भएपछि सत्ता गठबन्धनभित्र तरङ्ग सिर्जना भएको छ । यही कारण सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्ति अझै हुन सकेको छैन ।

गएकाे आइतवार नागरिक उन्मुक्ति पार्टीकै दुई जना सांसदले बेग्लाबेग्लै समूह र समर्थक जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि मुख्यमन्त्री नियुक्ति अन्योलमा भएको हो । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई अघि बढाउनुभएको छैन ।

नागरिक उन्मुक्ति शुरुदेखि नै दुई समूहमा विभाजित छ । एउटा समूहले केन्द्रीय सत्ता गठबन्धन र अर्को समूहले कांग्रेससहितको गठबन्धनमार्फत सरकार निर्माणका लागि पहल गरिरहेका छन् ।

केन्द्रीय सत्ता गठबन्धन विपरीत एकीकृत समाजवादीले कांग्रेससहितको सरकार गठन गर्न समर्थन दिएको छ । कांग्रेसका कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएकाले आफूले अध्ययन गरेर निर्णय गर्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया