टेस्लाले १४ हजार जनाभन्दा धेरै कर्मचारी कटौती गर्ने

 बैशाख ४, २०८१ मंगलबार १५:०:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अर्बपति एलन मस्कको विद्युतीय कार उत्पादन कम्पनी टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । बिक्रीमा निकै कमी आएको र विश्वका अरू कम्पनीसँग मूल्यको प्रतिस्पर्धाका कारण टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्न लागेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कर्मचारी कटौतीको निर्णय र अस्थिरताका कारण टेस्लाका वरिष्ठ उपाध्यक्ष ड्रु बाग्लिनो, सार्वजनिक नीति तथा व्यवसाय विकासका उपाध्यक्ष रोहन पटेलले राजीनामा दिनुभएको खबरमा उल्लेख छ ।

बजार मूल्यअनुसार विश्वको सबैभन्दा ठूलो विद्युतीय गाडी निर्माता कम्पनी टेस्लामा गएको डिसेम्बरसम्म एक लाख ४० हजार पाँच सय जना कर्मचारी थिए । अब झण्डै १४ हजार जना कर्मचारी कटौतीको अन्तिम तयारी भइरहेको छ । कम्पनीले क्यालिफोर्निया र टेक्सासका केही कर्मचारीलाई पहिले नै बर्खास्तको बारेमा जानकारी पठाएको छ ।

टेस्लाका सीईओ एलोन मस्कले लागत घटाउन र उत्पादकत्व बढाउनका लागि कर्मचारी कटौती गर्नुपरेको बताउनुभएको छ । यो निर्णय कठिन भए पनि अर्को विकल्प नभएको मस्कको भनाइ छ ।

पछिल्लो समय टेस्लाको शेयर मूल्य पनि घटिरहेको छ । मस्कले आउँदो वर्ष २५ हजार डलरको सस्तो कार उत्पादनको तयारी गरिरहेको अवस्थामा कर्मचारी कटौतीको निर्णयलाई महत्त्वका साथ हेरिएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया