सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 बैशाख ४, २०८१ मंगलबार १५:३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । डोल्पाको ठूलीभेरी नगरपालिका–३ दुनैमा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आचार्यसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरेको हो । 

खेलकुद मैदान निर्माणको कार्य लागत अनुमान र सम्झौतामा उल्लेख गरेको कामभन्दा फिल्डमा कम काम गरी बढी काम गरेको भनी गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र बिल भर्पाई बनाएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुख धनञ्जय आचार्य, कार्यालयका सब–इन्जिनियर मोतीप्रसाद बुढा, डीपीआर सम्पन्न भएको कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध समान नौ लाख ९३ हजार नौ सय ४० रुपैयाँ ८० पैसा बिगो माग गरेर मुद्दा दायर गरेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया