च्याम्पियन्स लिग क्वार्टरफाइनल : दोस्रो लेगमा डर्टमन्ड र एथ्लेटिको तथा बार्सिलोना र पीएसजी खेल्दै

 बैशाख ४, २०८१ मंगलबार १५:१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज क्वार्टरफाइनल अन्तर्गत दोस्रो लेगका खेल हुँदैछन् । आज राति पौने १ बजे बोरुसिया डर्टमन्ड र एथ्लेटिको मड्रिड खेल्दैछन् । यो खेल डर्टमन्डको घरेलु मैदान सिग्नल इदुना पार्कमा हुनेछ ।

पहिलो लेगमा एथ्लेटिकोले २–१ गोलको अग्रता लिएको छ । प्रि–क्वार्टरफाइनलमा डर्टमन्डले पीएसभी र एथ्लेटिकोले इन्टरलाई हराएर अन्तिम आठमा पुगेका हुन् । यस्तै आजै राति पौने १ बजे बार्सिलोना र पेरिस सेन्ट जर्मेइन (पीएसजी) खेल्दैछन् ।

यो खेल बार्सिलोनाको घरेलु मैदान इस्टडी ओलिम्पिक लिउस कम्पानिसमा हुनेछ । पहिलो लेगमा बार्सिलोनाले ३–२ गोलको अग्रता लिएको छ । प्रि–क्वार्टरफाइनलमा बार्सिलोनाले नापोली र पीएसजीले रियल सोसिडाडलाई हराएर अन्तिम आठमा पुगेका हुन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया