अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

 बैशाख ५, २०८१ बुधबार ९:१४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आज १ डलरको भाउ अर्थात बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३३ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

हिजो १ डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा कायम भएर नयाँ रेकर्ड कायम गरेको थियो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ २३ पैसा थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ भारु पनि कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा हुन्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने डलरको भाउ बढेको बेला फाइदा हुन्छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया