अब एक हप्तासम्मको मौसम पूर्वानुमान गर्ने तयारी

 बैशाख ५, २०८१ बुधबार १५:१९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागले अब एक हप्तासम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले अहिले तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान गर्दै आएको छ ।

एक हप्तासम्मको मौसमी अवस्था जानकारी दिँदा मौसमजन्य विपतका घटना न्यूनीकरणमा सहयोग पुग्ने विभागको भनाइ छ । एक हप्तासम्मको मौसम पूर्वानुमान हुँदा किसानलाई बाली लगाउन र भित्राउन पनि सहज हुने अपेक्षा गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर जगदिश्वर कर्माचार्यले बताउनुभयो ।

अहिले विश्वव्यापी रूपमै एक हप्ताको अनुमान प्रभाकारी हुन थालेकोले त्यहीअनुसार गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । प्राविधिक समस्या रहने भएकोले छिमेकी देश र अरू मौसमसम्बन्धी क्षेत्रीय सङ्गठनसँग सहकार्यका लागि छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापनविद् डाक्टर धर्मराज उप्रेतीले मौसमसम्बन्धी एक हप्तासम्मको पूर्वानुमान गर्दा मनसुजन्य विपद्का घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया