डोल्पाको जुफाल विमानस्थलमा मर्मतको काम सकियो, आजदेखि नियमित सञ्चालनमा

 बैशाख ९, २०८१ आइतबार १२:४०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

डोल्पा – धावनमार्ग मर्मतको काम पूरा भएपछि डोल्पाको जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालनमा आएको छ । आज बिहान नेपालगञ्जबाट तारा एअरको विमान जुफाल विमानस्थलमा अवतरण भएसँगै विमानस्थल नियमित सञ्चालनमा आएको हो ।

धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो । धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए ।

यो डोल्पाको एकमात्र विमानस्थल हो । छ करोड रुपैयाँमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया