गुल्मी : पछिल्लो तीन दिनमा डढेलो र आगलागीबाट ६७ वटा घरगोठ जलेर नष्ट

 बैशाख ९, २०८१ आइतबार १२:६:४१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा पछिल्लो तीन दिनमा डढेलो र आगलागीका घटनाबाट लाखौँको क्षति भएको छ । हिजो इस्मा गाउँपालिकामा ६७ वटा घरगोठ जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका–१ मा लागेको डढेलो निभाउने क्रममा ट्र्याक्टर चालक स्थानीय १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते हुनुभएको छ ।

दुवैजनाको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शंकरप्रसाद पोख्रेलले जानकारी दिनुभएको छ ।

घरगोठ क्षतिपछि विस्थापित परिवार यतिबेला छिमेकीको घरमा आश्रय लिएका छन् । इस्मा गाउँपालिका र नेपाल रेडक्रसको सहयोगमा पीडित परिवारलाई तत्कालका लागि अत्यावश्यक खाद्यान्न, लत्ताकपडा तथा भाँडाकुँडालगायतका सामग्री वितरण गरिएको छ ।

गाउँमा पानीको पाइप जलेपछि खानेपानीको समस्या भएको छ । अस्ति र हिजो इस्मा, रेसुंगा, गुल्मीदरबार र रुरुक्षेत्रलगायतका विभिन्न ठाउँमा डढेलोले ठूलो क्षति गरेको छ । मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुईदिनदेखि डढेलो लागिरहेको छ । जङ्गलको डढेलो बस्ती पस्दा मदाने गाउँपालिकामा पनि केही घरमा पनि क्षति पुगेको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया