मधु मरासिनीलाई अर्थ सचिवकाे जिम्मेवारी

 बैशाख १०, २०८१ सोमबार १५:२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले अर्थ मन्त्रालयकाे सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेकाे छ । आज सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिने निर्णय गरेको हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'पेमेन्ट गेटवे' खरिद अनियमितता प्रकरणमा मरासिनीलाई पनि विपक्षी बनाएर मुद्दा दायर गरेसँगै मरासिनी निलम्बनमा पर्नुभएको थियो । विशेष अदालतले याे मुद्दामा मरासिनीलाई सफाइ दिएपछि अर्थ सचिवको जिम्मेवारी दिइएको हो ।

याेसँगै अहिले अर्थ सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया