तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै

 बैशाख १३, २०८१ बिहिबार ९:३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – लुम्बिनी, मधेश र सुदूरपश्चिमसहित तराईका केही ठाउँको तापक्रम बढ्ने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि ती ठाउँहरुमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ । ती क्षेत्रमा तातो हावाको लहर चल्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

धेरै गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, बान्ता हुने लगायतका असर देखिने गर्छ ।

तातो हावाबाट बच्नका लागि गर्मीको समयमा घरभित्र अथार्त चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, जानै परे शरीर छोप्ने पातलो कपडा लगाउन, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्य समस्या आएका स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

यसैबीच लुम्बिनी प्रदेश र मधेश प्रदेशसहित तराईका केही ठाउँमा आज हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगको एक–दुई ठाउँमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया