अत्तरिया बजार तनावग्रस्त, सुरक्षा व्यवस्था कडा

 माघ ६, २०७५ आइतबार १७:१३:३३ | निर्मला खडायत
unn.prixa.net

कैलाली - शनिबार साँझ दुई युवा समूहको झपडमा एक जनाको मृत्यु भएपछि अत्तरिया तनावग्रस्त बनेको छ । 

यसका कारण आइतबार हुने भनिएको अत्तरिया महोत्सव पनि स्थगित गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिनुभयो । 

अहिले अत्तरिया बजार क्षेत्रमा सुरक्षा ब्यवस्था पनि कडा पारिएको छ । अत्तरियामा पछिल्लो समय बारम्बार अपराधिक घटनाहरु बढ्दै गएका छन् । 
शनिबार साँझ प्रहरी कार्यालय नजिकै भएको झगडामा एक जनाको चक्कु प्रहारबाट ज्यान गएपछि अत्तरियाका स्थानीयमा त्रासको वातावरण सृजना भएको छ ।

यसअघि पनि महोत्सव सकिएपछि अत्तरिया  पूर्वरोडमा दुई समूहबीच झडप भएको तर स्थानीयका अनुसार प्रहरी समयमा पुग्न सकेको थिएन ।  

महोत्सवमा पार्किङ व्यवस्थापनको जिम्मा लिएका गोदावरी नगरपालिका वडा नम्बर–१ का १८ वर्षीय अरुण भट्टलाई लखेटेर सडक किनारामा लगेर चक्कू प्रहार गरिएको  थियो । 

घटनास्थल नजिकै इलाका प्रहरी कार्यालय, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय र सशस्त्र प्रहरीको वाहिनी रहेको भए पनि हत्यारा भने प्रहरीले पक्रन सकेन । 
त्यस घटनापछि स्थानीयले असुरक्षित महसुस गरेका छन् । 

अहिले अत्तरिया र आसपासका क्षेत्रमा प्रहरीले थप सुरक्षा फौज मगाएर तैनाथ गरेको छ ।
प्रदेशको राजधानी नजिक दिनहुँ यस्ता घटना घट्नुले नराम्रो सन्देश जान थालेको स्थानीयको बुझाई छ । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया