बैंकले ऋणको ब्याजदर बढाएको भन्दै धनगढीमा उद्योगीको विरोध प्रदर्शन

 माघ १८, २०७५ शुक्रबार १८:३०:५७ | निर्मला खडायत

कैलाली – बैंकहरुले उद्योग धन्दा नै बन्द हुने गरी ऋणको ब्याज बढाएको भन्दै शुक्रबार धनगढीमा विरोध गरिएको छ । मनोमनि रुपमा ब्याजदर बढाएको भन्दै कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा विरोधको आयोजना भएको हो ।

उनीहरुले बैकले बढाएको ब्याजदरले उद्योग बन्द हुने अवस्थामा पुगेकाले जतिसक्दो चाँडो ८ प्रतिशतमा ब्याज झार्न माग गरेका छन् । चर्को ब्याजदरका उद्योग, व्यवसाय संकटग्रस्त अवस्थामा पुगेको उनीहरुको भनाई छ ।

औद्योगिक क्षेत्रका राहतका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि उद्योग व्यवसाय क्षेत्रहरुमा बैंकहरुबाट हुने लगानीमा बैंकको बढ्दो र चर्को ब्याजदर नियन्त्रण गरिनुपर्ने उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य गोपाल हमालले बताउनुभयो ।

बैंकिङ कालोबजारी बन्द गरी व्यवसायीहरुका लागि तोकिएकै ८ प्रतिशत ब्याजदर कायम गरिनुपर्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको भनाई छ । उहाँले अहिले बैंकहरुले १४ प्रतिशतभन्दा बढी ब्याज विभिन्न बहानामा लिँदै आएको बताउनुभयो । तरलता अभाव र ब्याजदर वृद्धिको समस्या हल गर्न सरकार, राष्ट्र बैंक र सरोकारवालासँग ब्यवसायिले आग्रह गरेका छन् ।

ब्याजदरमा एकरुपता नआउँदा बेरोजगारी बढ्ने, महंगी तथा देशकै अर्थतन्त्रमा कमी आउने बताउँदै कैलाली उद्योग वाणिज्य सघका उपाध्यक्ष पुस्कर ओझाले सरकार गम्भीर हुन जरुरी रहेको बताउनुभयो ।

संघले पहिलो चरणको आन्दोलन धनगढी चौराहदेखि कैलाली उद्योग वाणिज्य संघको परिसरसम्म मौन प्रदर्शनसमेत गरेको छ । व्यवसायीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन । सरकारले आफूहरुको मागको सम्बोधन नगरे उद्योग व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया