नर्सहरुकाे श्रम शोषण गर्ने अस्पतालहरु माथि कडा कारबाही हुन्छ: मन्त्री विष्ट

 बैशाख २९, २०७६ आइतबार १६:३४:१० | विना न्याैपाने
unn.prixa.net

काठमाण्डाै - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध नगराउने स्वास्थ्य संस्थाहरुलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ ।  

अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर आइतबार काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री विष्टले नर्सहरुको न्यूनतम पारिश्रमिक प्रत्याभूत गर्नेगरी डेढ महिनाभित्र श्रम अडिट कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयाे । 

उहाँले श्रमिकहरुलाई कम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने तर बढी पारिश्रमिक लिएको कागजातमा हस्ताक्षर गर्न लगाएर देखाउने क्रम बढ्दै गइरहेको भन्दै रोजगार दाताहरुले सम्पूर्ण श्रमिकहरुको पारिश्रमिक बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था साउनदेखि अनिवार्य गर्ने बताउनुभयो ।

‘नर्सहरुमाथि श्रम शोषण गर्ने अस्पतालहरु माथि कडा कारबाही हुन्छ,’ मन्त्री विष्टले भन्नुभयो । 

मन्त्री विष्टले श्रम शोषण गरिरहेका अस्पतालहरुको विवरण सरकारलाई बुझाउन पनि पीडित नर्सहरुलाई आह्वान गर्नुभयो । उहाँले पीडित पक्षले दिएको उजुरीको आधारमा न्यूनतम पारिश्रमिक समेत नदिने अस्पतालहरुलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । 

‘लाखौं रकम खर्च गरेर नर्सिङ पेशामा आबद्ध श्रमिकहरु पाँच हजारमा काम गर्न बाध्य छन्, नर्सहरुको सम्मान गरी सेवा सुविधा बढाएर मुस्कान सहितको सेवा गर्न सक्ने वातावरण तयार गरिन्छ,’ मन्त्री विष्टले भन्नुभयो । 

नेपाल नर्सिंङ एसोसियसनका अध्यक्ष तारा पोख्रेलले भोलेन्टिएर हटाए पनि ट्रेनीको रुपमा श्रम शोषण भैरहेको भन्दै सरकारको ध्यानकर्षण गराउनु भयो । ५० जना बिरामी एउटा नर्सले हेर्नु पर्ने अवस्था रहेकाले गुणस्तरीय सेवा दिन नसकेको उहाँले गुनासो गर्नुभयो । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया