आईसीसी विश्वकप विजेताले झण्डै ४५ करोड रुपैयाँ पाउने

 जेठ ३, २०७६ शुक्रबार १७:६:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ- आईसीसी विश्वकप क्रिकेट सुरु हुन अब केही दिन मात्रै बाँकी छ । १२ औं संस्करणको विश्वकप ३० मे बाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्समा ४६ दिनसम्म चल्ने प्रतियोगितामा १० टिमले भाग लिँदैछन् ।

आईसीसी विश्वकप जित्ने टिमले ४ मिलियन डलर पुरस्कार पाउने छन् । यो ४४ करोड ९७ लाख ८० हजार बराबरको नेपाली रुपैयाँ हुन जान्छ । उपविजेता टिमले भने दुई मिलियन डलर प्राप्त गर्नेछ । त्यस्तै तेस्रो र चौथो हुने टिमले समान आठ/आठ लाख अमेरिकी डलर पुरस्कार पाउने छन् ।

यसैगरी समूह चरणमा जित निकाल्ने टिमलाई ४० हजार डलर रकम दिइने छ । आईसीसले २०१५ को विश्वकप जित्ने टिमलाई ३ दशमलव ७५ मिलियन डलर पुरस्कार दिएको थियो । 

आईसीसी विश्वकप २०१९ को फाइनल खेल १४ जुलाईमा लर्ड्स मैदानमा हुने छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया