ठूला अस्पतालले पनि विदेश जानेको स्वास्थ्य परीक्षण गर्ने

 जेठ २७, २०७६ सोमबार १७:५२:५० | उज्यालो सहकर्मी

काठमाण्डौ – अब ठूला अस्पतालहरुले पनि वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण गर्ने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा संस्था सूचीकृत गरेको छ । यसरी सूचीकृत हुनेमा काठमाण्डौको मनमोहन मेडिकल कलेजदेखि झापाको बी एण्ड सी मेडिकल कलेजसम्मका छन् ।

यसअघि मेडिकलमार्फत पनि स्वास्थ्य परीक्षण हुने गरेकोमा अबदेखि ठूला अस्पतालले पनि विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने भएका हुन् ।

२०७५ चैत १३ गतेको स्वास्थ्य संस्था सूचीकरण सम्बन्धी सार्वजनिक सूचना बमोजिम निवेदन दिएका १ सय २६ स्वास्थ्य संस्थाहरुमध्ये देशभरका ५१ वटा स्वास्थ्य संस्थाहरुले मात्र वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न स्वीकृति पाएका छन् । 

पर्याप्त प्रविधिको अभाव, मेशिनरी तथा जनशक्ति लगायतका मापदण्ड नपुगेका कारण निवेदन दिएका ७५ वटा स्वास्थ्य संस्थाहरु सूचीकृत भएका छैनन् ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ को उपनियम ५ तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को उपदफा ८ वमोजिम यी संस्थाहरु सूचीकृत भएका श्रम मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य परीक्षणका लागि सूचिकृत भएका संस्थाहरु

स्वास्थ्य परीक्षणका लागि सूचिकृत नभएका संस्थाहरु

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया