विश्वकप क्रिकेट: अन्तर्राष्ट्रिय क्रिकेटमा विराट कोहलीकाे २० हजार रन पूरा

 असार १२, २०७६ बिहिबार १८:१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन बनाएका छन् । उनले सबैभन्दा कम इनिङमा याे कोशेढुंगा पार गरेका हुन् ।

उनी इंग्ल्याण्ड र वेल्समा भइरहेको १२ औं संस्करणको आईसीसी विश्वकपको वेस्ट इण्डिजविरुद्धको खेलमा ३७ रन जोड्दै थोरै इनिङमा २० हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका हुन् । 

वेस्ट इण्डिजविरुद्ध कोहलीले २४ औंँ ओभरको चौथो बलमा वेस्ट इण्डिजका कप्तान जेसन होल्डरकाे बलमा १ रन लिँदै ३७ रन जोडेपछि २० हजार रन पूरा गरेका हुन् ।

यससँगै कोहलीले भारतकै सचिन तेन्दुलकर र वेस्ट इण्डिजका ब्रायन लाराको नाममा रहेको कीर्तिमान तोडेका छन् । उनीहरुले ४५३ इनिङमा यो रेकर्ड बनाएका थिए । कोहलीले अहिलेसम्म टेस्ट, एक दिवसीय र टी २० गरी ४१७ इनिङमात्रै खेलेका छन् । उनले टेस्टमा १३१, एक दिवसीयमा २२४ र टी २० मा ६२ इनिङ्समा ब्याटिङ गरेका छन् ।

२० हजार अन्तर्राष्ट्रिय रन बनाउने कोहली विश्वका १२ औंँ खेलाडी पनि बनेका छन् ।उनी २० हजार रन बनाउने विश्वको १२ औंँ र भारतको तेस्रो खेलाडी बनेका छन् ।

भारतका सचिन र राहुल द्रविडले पनि २० हजार रन पूरा गरेका थिए । कोहलीले अहिलेसम्म एक दिवसीयमा ११ हजार ८७ रन टेस्टमा ६ हजार ६ सय १३ र टी–२० मा २ हजार २ सय ६३ रन बनाइसकेका छन् ।

 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया