१३ औँ सागकाे अन्तिम दिन आज ५ खेल हुँदै

 मंसिर २४, २०७६ मंगलबार ६:५८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३ औँँ दक्षिण एसियाली खेलकुद सागको समापन मंगलबार हुँदै छ । डिसेम्बर १ अर्थात मंसिर १५ गते औपचारिक उद्घाटन भएको प्रतियोगिताको अन्तिम दिन मंगलबार ५ खेल आयोजना हुने छन् ।

दशरथ रंगशलामा अपरान्ह समापन समारोह सुरुहुनु पूर्व फुटबल खेलको फाइनल हुने छ भने बाँकी अरु खेलहरु त्यसअघि नै सम्पन्न हुने छन् । समापनको अन्तिम दिनसम्म आइपुग्दा नेपाल ४९ स्वर्णसहित तालिकाको दोस्रो स्थानमा छ ।

नेपाल र भुटानबीच पुरुष फुटबल फाइनल अपरान्ह ३ बजे, दशरथ रंगशालामा हुने छ । भुटान र माल्दिभ्सबीच महिला बास्केटबलको तेश्रो स्थानको खेल बिहान ८ बजे र पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल बिहान साढे १० बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा हुने छ ।

पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल अपरान्ह १ बजे । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल अपरान्ह साढे ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा हुने छ ।

बक्सिङमा ८ स्वर्णका लागि प्रतिस्पर्धा हुने । अपरान्ह १ बजेदेखि अन्तर्राष्ट्रिय खेलकुद परिसर कराते हल सातदोबाटोमा हुने छ । स्क्वासको पनि फाइनल खेल हुने छ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ श्रीलंका र नेपालले कांस्यको लागि खेल्नेछ । जुडोमा १ स्वर्णका लागि प्रतिस्पर्धा हुने । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ भने फाइनल साढे १२ बजे देखि आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुने छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया