प्रविधि प्रयोगमा नेपालीकाे फड्को : मोबाइल बैंकिङका प्रयोगकर्ता नब्बे लाख नाघे

 माघ २९, २०७६ बुधबार १५:३०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ९० लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनासम्म ९० लाख ५६ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता दर्ता भएका छन् । तर सक्रिय प्रयोगकर्ता भने ७४ लाख ७४ हजार मात्रै रहेका छन् ।

तर एउटै व्यक्तिले धेरै बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेकाले ठ्याक्कै कति जनसंख्याले मोबाइल बैंकिङ चलाउँछन् भन्ने जानकारी राष्ट्र बैंकलाई छैन । 

यस्तै इन्टरनेट बैंकिङ सेवा चलाउनेको संख्या ९ लाख ३० हजार रहेको छ । इन्टरनेट बैंकिङका ग्राहक ९ लाख ३० हजार रहेका र यसमध्ये ५ लाख ५६ हजार प्रयोगकर्ता मात्रै सक्रिय रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै कात्तिक महिनासम्म नेपालमा ६८ लाख ६३ हजार डेबिट कार्ड जारी भएका छन् । यीमध्ये ४५ लाख ७१ हजार मात्रै सक्रिय छन् । यस्तै १ लाख ४० हजार क्रेडिट कार्ड जारी भएकोमा १ लाख २ हजार मात्रै सक्रिय रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया