प्रदेश २ काे नामाकरण टुङ्गाे लागेन, दलहरुले फेरि प्रस्ताव दर्ता गराउनुपर्ने

 चैत ५, २०७६ बुधबार ७:१५:१४ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – प्रदेश २ ले मधेश प्रदेश नाम पनि पाउन सकेन । सहमति प्रक्रियाबाट टुङ्गो लाग्न नसकेपछि गोप्य मतदान प्रक्रियामा गए पनि मधेश प्रदेशले दुई तिहाई मत ल्याउन सकेन ।

प्रदेश सरकार गठन भएको दुई वर्षपछि नामाकरणका लागि मङ्गलबार भएको मतदानमा सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा मात्र ६० मत हासिल गरेको छ ।

यसअघि प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टीले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ र काँग्रेसको मिथिला भोजपुराको पक्षमा २८ र असन्तुष्ट सांसदहरुको मध्य मधेश प्रदेशले ४२ मत पाएकाे थियो ।

चुनाव प्रक्रिया अनुसार जुन नाम र स्थायी राजधानीमा दुई तिहाइ अर्थात् ७२ मत प्राप्त गर्छ त्यही नाम नै सदर हुने थियो । तर चार वटै प्रस्तावमा दुई तिहाइ मत नपुगेपछि स्वतः अस्वीकृत भएको छ । कुनै पनि प्रस्तावमा दुई तिहाइ मत नआएपछि फेरि प्रस्ताव दर्ता गरी सहमति जुटाउने र गोप्य मतदान सहितका अर्को चरणको प्रक्रियामा जानेछ ।

चुनाव प्रक्रिया अनुसार प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशबाट मतदान सुरु हुँदै मधेश प्रदेशको नाम गरी चार चरणमा मतदान सम्पन्न भएको थियाे । अब स्थायी राजधानीको लागि चुनाव हुनेछ ।

प्रदेश २ मा एक सय सात सांसद रहेकोमा सङ्घीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२ र काँग्रेसका १९ जना सांसद रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया