प्रदेश १ मा काेराेना शङ्का गरिएका १० हजार बढीको परीक्षण गर्ने तयारी, प्रोटोकल तयार गर्न विज्ञ टोली गठन

 जेठ १, २०७७ बिहिबार १९:३७:२२ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश १ मा कोरोना भाइरसका शङ्कास्पद १० हजार बढीको परीक्षण गरिने भएको छ । १४ वटै जिल्लाका १० हजार बढीको परीक्षण गर्नका लागि मन्त्रालयले तयारी सुरु गरेको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधिबीच आज भएको छलफलमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहिलो चरणमा १० दिनभित्रमा १० हजार व्यक्तिको परीक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।

छिमेकी देश भारतले रेल सेवा सञ्चालन गरेलगत्तै भारतमा रहेका १० हजार बढी नेपाली प्रदेश १ मा प्रवेश गर्ने देखिएकाले परीक्षण बढाउनुपर्ने देखिएको उहाँले बताउनुभयो । तीर्थ यात्रामा गएकाहरु र श्रममा गएकाहरु रेल सञ्चालनमा आएलगत्तै प्रवेश गर्ने मन्त्री घिमिरेको दाबी छ ।

कोरोना भाइरस शङ्कास्पदको अहिलेसम्म हटस्पट र कन्ट्याक्ट ट्रेसिङकाे माध्यमबाट परीक्षण हुँदै आएकोमा अब पुलिङ विधि पनि अपनाउनुपर्ने देखिएको मन्त्री घिमिरेले बताउनुभयो । हटस्पट, कन्ट्याक्ट ट्रेसिङ र पुलिङ विधिबाट परीक्षणका लागि प्रोटोकल तयार गर्न मन्त्रालयले सात सदस्यीय विज्ञ टाेली गठन गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रा. डा. वसुधा खनालको संयोजकत्वमा सात सदस्यीय विज्ञ समिति गठन गरिएकाे हो । समिति सदस्यमा डा. सुरेश मेहता, जयवेन्द्र यादव, डा. कमाना शर्मा, डा. सन्तोष काफ्ले, केशव राई र सदस्य सचिवमा डा. नारायण भट्टराई रहनुभएको मन्त्रालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । 

समितिलाई तीन दिनभित्रमा प्रोटोकल तयार गर्ने जिम्मेवारी दिइएको छ । यसैबीच सामाजिक विकास मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङ र उपचारका लागि निर्देशिका निर्माण गरी काम गरिरहेको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया