यूएईको आबुधावीमा समस्यामा परेका दुई हजार नेपालीलाई खाद्यान्न सहयोग

 जेठ २१, २०७७ बुधबार १५:३४:४७ | उमाकान्त पाण्डे

यूएई – यूएईको आबुधाबी क्षेत्रमा कोरोनाको कारण समस्यामा परेका झण्डै दुई हजार जना नेपालीलाई राहत वितरण गरिएको छ । यूएईमै कार्यरत सक्रिय युवाहरुले समस्यामा परेर खाना अभाव भएका दुई हजार नेपालीलाई खाद्य सामाग्री प्रदान गरेको हो ।

आबुधावीमा विभिन्न पेशा व्यवसाय गर्दै आएका युवाहरुको टोलीले डेढ महिना पहिलेदेखि राहत वितरण गर्दै आएको छ । समस्या समाधान नहुँदासम्म सक्दो राहत वितरण अभियान सञ्चालन गरिने टोलीले जनाएको छ ।

आबुधावीमा सक्रिय गायक प्रकाश पौडेल, कृष्ण गौतम, दुर्योधन कार्की, मनोज श्रेष्ठ, शंकरराज घिमिरे, निर्मलकुमार पोखरेल, भीमनारायण श्रेष्ठ, राजेश श्रेष्ठ र महेश श्रेष्ठ, मनोज कुमार सैजु  लगायतको सकृयतामा राहत वितरण गरिँदै आएको छ ।

टोलीले अहिलेसम्म झण्डै ११ हजार ५ सय दिर्हाम सहयोग रकम संकलन गरेकाे छ । त्यस्तै यूएईमा नेपाली समाजको नेतृत्वमा बनेको संघसंस्थाहरु सम्मिलित मूल समितिबाट ६ हजार १ सय दिर्हाम, नेपाली दुतावासबाट ५० प्याकेट खाध्यसामाग्री, त्यस्तै मुल समितिबाट समेत ५० प्याकेट खाद्य सामाग्री (एक जनालाई ११ दिन पुग्ने प्याकेट) , डाबर इन्टरनेशनलबाट पौष्टिक आहारयुक्त सामाग्री र सेन्चुरी बैंकको सेन्चुरी रेमिट तथा आईएमई रेमिटबाट प्राप्त सहयोग टोलीले वितरण गरेको हो ।

टोलीले अहिलेसम्म ८ हजार किलो चामल, ३ हजार किलो दाल, २२ सय लिटर तेल, ३८ सय किलो आलु, ३३ सय किलो प्याज, २ हजार किलो नुन, ५०० किलो सोयाबिन तथा ५ सय किलो मसला जन्य सामाग्री राहत वितरण गरेको हो ।

राहत अभियानमा हालसम्म ३ सय वटा समूहमा बस्ने झण्डै दुई हजार जना नेपालीलाई राहत सामाग्री वितरण गरिएको अभियान्ता कृष्ण गौतमले उज्यालोलाई जानकारी दिनुभयो ।

समस्यामा परेका नेपालीहरुले दूतावासमा सम्पर्क गर्ने र दूतावासलेसमेत सिफारिस गरेका निवेदन तथा समस्या पहिचान गरेर टोलीले राहत वितरण गरिरहेको छ । टोलीले राहत वितरणसँगै कतिपयलाई अस्पतालसँगको सहयोगमा औषधि उपचारमा पनि सहजीकरण गरिरहेको छ ।

आबुधावीमा कोही नेपालीलाई खानाको अभावमा समस्या भएमा  ०५५१३९६४३० मा टेलिफोन वा ह्वाट्सअप गर्न सकिने छ ।

टोलीले समस्यामा परेर राहतका लागि सम्पर्क गर्नेहरुको गोपनियता कायम राख्दै एजेण्ट, म्यानपावर वा कम्पनी लगायतको विवरणसमेत संलग्न गरेर दूतावासलाई बुझाउँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Anil sharma

    June 3, 2020, 9:26 p.m.

    ह्जुर हामी हरु पनि समस्या मा छौ चार पाच महिना भयो कोम्पनिले काम बाट निकाले को अलि अलि पैसा थियो र अहिले सम्म खायौ बस्यौ अब सबै सकि सक्यो हामी लाई पनि सहयोग गर्नु हुन्छ भन्ने आशा छ

  •  0 Reply

तपाईको प्रतिक्रिया