प्रदेश २ मा काेराेना सङ्क्रमितको सङ्ख्या १ हजार नाघ्यो, ८ हजार बढीको परिणाम आउन बाँकी

 जेठ २४, २०७७ शनिबार २०:४६:१७ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – पछिल्लो २४ घण्टामा प्रदेश २ मा ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या एक हजार ६६ पुगेको छ ।

शनिबार नियमित मिडिया ब्रिफिङमा सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले पछिल्लो २४ घण्टामा सप्तरीमा सात, धनुषामा आठ, महोत्तरीमा ३५, रौतहटमा ६ र सर्लाहीमा २७ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयाे । 

सप्तरीको बलान बिहुल गाउँपालिकाको क्वरेण्टीनमा रहेका सात जना, धनुषाको देवपुरा रुपैठाको क्वरेण्टीनमा रहेका ६ जना, महोत्तरीको जलेश्वर क्वरेण्टीनका १७, मटिहानीमा सात, एकडाराका ६ र अन्य पाँच जनामा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

सर्लाहीको रामनगर गाउँपालिकाका १६, मलङ्गवा नगरपालिकाका आठ, इशरनाथ नगरपालिकाका तीन, रौतहटको इशनाथ नगरपालिकाकाे क्वरेण्टीनका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अहिलेसम्म एक सय ५९ जना उपचारपछि निको भएर फर्केका छन् ।

धनुषाको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालमा १०, लक्ष्मिनियाँ गाउँपालिकाको सीटीईभीटी पाेलिटेक्निक इन्स्च्यिुटको आइसोलेशनमा ७३, सप्तरीको राजविराजको अस्पतालमा ६८, सिरहाको कोभिड अस्पतालमा २२, महेन्द्र गेनाई अस्पतालमा २६, सर्लाहीको मलङ्गवा अस्पतालमा ८२ र कविलासीमा ३६ जनाको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

महोत्तरीको जलेश्वर अस्पतालमा ३७, बाराको कलैया अस्पतालमा ३३, पर्साको गण्डक अस्पतालमा २९ र रौतहटको चन्द्रनिगाहपुरमा २५, गौरमा ३५, राजपुर फरहदवामा २५, देवाही गोनाहीमा ८४ र गरुडाको अस्पतालमा ७६ जनाको कोरोना सङ्क्रमितको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

अहिलेसम्म प्रदेश २ का सप्तरीमा ७६, सिरहामा ४७, धनुषामा एक सय, महोत्तरीमा ८७, सर्लाहीमा एक ७६, रौतहटमा तीन सय ९६, बारामा ४९ र पर्सामा एक सय १४ जना सङ्क्रमित भइसकेका छन् ।

प्रदेशमा अहिलेसम्म २१ हजार १६ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ६६ जनाको पोजेटिभ र ११ हजार दुई सयको निगेटिभ रिपोर्ट आएको छ भने आठ हजार सात सय ५० को रिपोर्ट आउन बाँकी रहेको डा. घिमिरेले जानकारी दिनुभयाे ।

त्यसैगरी आरडीटी परीक्षणतर्फ नाै हजार नाै सय ३९ जनाकाे परीक्षण गरिएकोमा ३६ जनाको पोजेटिभ र बाँकीको निगेटिभ रिपाेर्ट आएको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया