पूर्व–पश्चिम राजमार्ग : दाउन्नेमा दुईतर्फी रुपमा गाडी गुड्न थाल्याे

 असार ३०, २०७७ मंगलबार १९:३४:१० | दयाराम आचार्य
unn.prixa.net

फाइल फाेटाे

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अर्न्तगत  नवलपरासीको दाउन्नेमा पहिरोका कारण अवरुद्ध सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । 

सामेबार रातिकाे वर्षाकाे कारण दाउन्नेको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध बनेको थियो । बिहान ११ बजेको समयमा एकतर्फी रुपमा राजमार्ग सञ्चालनमा आएकाे थियाे । पहिरो पन्छाएर अहिले साँझ ५ बजेबाट दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

नवलपरासी पूर्व विनयी त्रिवेणी २ मा खसेको पहिरोका कारण झण्डै ६ घण्टा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोसँगै झरेको रुखले  बा १४ च ७०२० को कार र ना ६ ख १५५९ नम्बरको ट्रकसमेत च्यापिएको थियो । यसबाट कुनै मानवीय क्षति भने भएको थिएन ।

राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएसँगै रोकिएका गाडी आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया