नवलपरासी : खुल्यो पूर्व-पश्चिम राजमार्ग, दुम्किबासकाे अवस्था सामान्य

 मंसिर २६, २०७७ शुक्रबार ११:१७:६ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - ट्र्याक्टर चालकको ज्यान गएपछि स्थानीयकाे प्रदर्शनका कारण अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग पूर्णरुपमा संचालनमा आएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किबासमा गएराति चालकको ज्यान गएपछि स्थानीयले प्रदर्शन गर्दा दुम्किबासकाे अवस्था तनावग्रस्त बनेकाे थियाे । 

प्रहरीको कुटाइबाट लु ३ त ८१७५ नम्बरको ट्र्याक्टर चालक दाङ राजापुर गाउँपालिका ४ का हरिश्याम यादवको ज्यान गएको भन्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका हुन् । विनयी त्रिवेणी २ को पहेली भित्ता भन्ने ठाउँको विनयी खोलामा भएको घटनालाई लिएर स्थानीय बासिन्दाले अहिले प्रहरी कार्यालयसमेत घेराउ गरेर राजमार्ग बन्द गराएका थिए ।

प्रहरीले भने नदिजन्य पदार्थ अवैध रुपमा निकाल्दै गरेकाे समयमा ट्र्याक्टरसहित भाग्ने क्रममा दुर्घटनामा परेर उनकाे ज्यान गएकाे जनाएको छ । घटनाको विषयलाई लिएर प्रहरी र स्थानीय बासिन्दाबीच झडपसमेत भएको थियाे । प्रहरीले भीडलाई  नियन्त्रणमा लिन १३ राउण्ड अश्रु ग्यास प्रहार गरको थियाे ।

अहिले प्रदर्शनकारीलाई प्रहरीले हटाएर राजमार्ग खुलाएको छ । स्थानीयले घटनाको छानबिनको माग राखेका छन् । अहिले मृतक यादवको शव भरतपुरमा राखिएकाे छ । शवको पोष्टमार्टम गरिने र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताउनुभयो ।

स्थानीयले घटनाको छानबिन गरी मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता नआए फेरि आन्दोलन गर्ने बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया