चिशंखुगढी गाउँपालिकाले वडा विभाजनको प्रस्ताव पारित गर्‍याे

 फागुन २८, २०७७ शुक्रबार २०:२९:९ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – चिशंखुगढी गाउँपालिकाको आठौँ गाउँ सभाले वडा विभाजनको प्रस्ताव पारित गरेको छ । गाउँपालिकाले साविक वडा नं. ६ भदौरेलाई २ वडामा विभाजन गर्ने प्रस्ताव पारित गरेको हो ।

भौगोलिक विकटता, क्षेत्रफल तथा जनसङ्ख्यालाई हेरेर सेवा प्रवाह सहज बनाउने उद्देश्यले दुई वडामा विभाजन गर्ने प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार साविक वडा नं. ६ लाई २ वडा बनाएपछि गाउँपालिकाका नौ वडा  हुनेछन् । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६ बमोजिम वडा विभाजन तथा वडाको सङ्ख्या हेरफेरसम्बन्धी प्रस्ताव पेस भइ पारित भएको गाउँपालिकाले जनाएको छ । 

त्यस्तै गाउँपालिकामा सार्वजनिक महत्त्वका तीन प्रस्ताव पनि पारित गरिएको छ । आठौँ गाउँ सभाबाट चालु आर्थिक वर्षको बजेट संशोधन, गाउँपालिकाका पदाधिकारीविरुद्ध तथ्यहीन आरोप लगाउने राज्यमन्त्रीलाई खेद प्रस्ताव पारित गर्नेदेखि वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विधेयक २०७७ पारित गरेको छ । गाउँपालिकाभित्रका प्राकिृतिक स्रोतको संरक्षण तथा सदुपयोग गर्ने व्यवस्था गर्न बनेको यस विधेयक पारित भएपछि प्राकृतिक स्रोतको सदुपयोग र संरक्षण सम्बन्धमा काम गर्न सहज हुने भएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले एक करोड ६१ लाख ९१ हजार चार सय ५६ रुपैयाँ बराबरको बजेटसमेत संशोधन गरेको हो । 

त्यस्तै गाउँ सभाले प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बीरबाबु गुरुङले गाउँपालिका अध्यक्ष तथा अन्य पदाधिकारीविरुद्ध तथ्यहीन आरोप लगाउँदै सार्वजनिक कार्यक्रममा पटक–पटक गालीगलौज गर्ने गरेको विषयमा खेद प्रस्ताव पारित गरेको छ । 

गाउँ सभाका सदस्य नरेन्द्र बस्नेत प्रस्तावक तथा उपाध्यक्ष सुस्मिका राई र उषक कट्वाल समर्थक रहेको यस प्रस्ताव पारित गरिएको हो । राज्यमन्त्री गुरुङले गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिले आर्थिक अनियमितता गरेको भन्दै अख्तियार लगाएर जेल पठाउने चेतावनीयुक्त भाषामा गालीगलौज गर्दै आउनुभएको थियो । यस्ता आरोपको पुष्टि गर्न गाउँ सभाले राज्यमन्त्रीलाई चुनौतीसमेत दिएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया