नागरिकको रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता – प्रधानमन्त्री ओली

 बैशाख १, २०७८ बुधबार ८:३३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको जोखिम बढीरहेकाले जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न आग्रह गर्नु भएको छ ।

आज देशवासीका नाममा सम्बोधन  गर्दै प्रधानमन्त्री ओलीले नागरिकको रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको हो । उहाँले भन्नुभयो –‘नागरिकको जीवन नै रहेन भने कुनै पनि कुरा रहँदैन, फेरि कुनै कुरा सञ्चालनमा आउन र चल्न सक्दैन । नागरिक सुरक्षित रहे मात्रै उद्योग कलकारखानालाई फेरि सञ्चालन गर्न सकिन्छ ।’

सरकारले नागरिकको जीवनको सुरक्षालाई प्राथमिकतामा राखेर त्यहि अनुसार रणनीति बनाएकाले कोरोना सङ्क्रमणपछिको मृत्युदरलाई अन्य देशको तुलनामा न्यून राख्न सफल भएको पनि उहाँले बताउनुभयो । कोरोनाका कारण अर्थतन्त्रमा केही असर परे पनि व्यापार घाटालाई सन्तुलनतर्फ फर्काउने प्रयास गरेको, कृषि क्षेत्रमा केही उपलब्धि बढेको उहाँको भनाइ छ ।

यस्तै उहाँले अघिल्लाे वर्षलाई सफलताको वर्ष मान्नु पर्ने पनि बताउनुभयाे । राजनीतिक हिसाबले पृथकतावादी सोचलाई अन्त्य गर्दै राष्ट्रिय एकतामा ल्याएको र हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउन सफल भएको उहाँकाे भनाइ छ ।

'अब देशमा हिंसाको राजनीति छैन । नागरिक नै सार्वभौमसत्ता सम्पन्न भएका  छन्' उहाँले भन्नुभयाे, 'नागरिकको अभिमत नै सबै भन्दा ठूलो कुरा हाे ।'  
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया