आईपीएल : काेलकाताका दुई खेलाडी काेराेना सङ्क्रमित, आजकाे खेल स्थगित

 बैशाख २०, २०७८ सोमबार १४:१५:२० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमवार राति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको छ । 

कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल नै स्थगित गर्ने निर्णय गरिएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रेस विज्ञप्ति निकाल्दै यसबारेमा जानकारी दिएकाे हाे ।

विज्ञप्तिमा भनिएकाे छ, ‘साेमवार काेलकाता नाइट राइडर्स र राेयल च्यालेन्जर्स बेङ्गलाेरबीच हुने खेलकाे अर्काे तालिका प्रकाशित गरिनेछ । वरुण चक्रवर्ती र सन्दीप वारियरकाे कोरोना रिपाेर्ट पाेजेटिभ आएकाे हाे । टाेलीका अन्य सदस्यकाे रिपाेर्ट नेगेटिभ आएकाे छ । दुई खेलाडी आफैँ आइसाेलेशनमा बसेका छन् ।’ 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया