राष्ट्रिय फुटबल टाेलीका खेलाडी र अफिसियल लगायत ४२ जनालाई काेराेना खाेप दिइयाे

 असार ३, २०७८ बिहिबार १६:५३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कुवेतबाट फर्किएको राष्ट्रिय पुरुष फुटबल टाेलीका खेलाडी र अफिसियल लगायत ४२ जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ ।

बिहीवार (आज) ललितपुरको जनस्वास्थ्य कार्यालयमा खेलाडी अफिसियल लगायत ४२ जनालाई खाेप दिइएकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । कुवेतबाट फर्किए पछि खेलाडीलाई होटल क्वरेण्टीनमा राखिएको थियो । हिजो गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज खेलाडीलाई खोप दिइएको एन्फाले जनाएको छ ।

एन्फाका अनुसार खोप लगाएपछि खेलाडीहरू घर गएका छन् । सन् २०२२ को फिफा विश्व कप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टाेली गएको आइतवार स्वदेश फर्किएको थियो ।

छनोटमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियाकाे सामना गरेको थियो । पहिलो खेलमा चाइनिज ताइपेईलाई दुई–शून्यले हराएको नेपाल जोर्डन र अस्ट्रेलियासँग समान तीन–शून्यले पराजित भएको थियाे ।

त्यसअघि नेपाल इराकसँगकाे मैत्रीपूर्ण खेलमा ६–२ गोल अन्तरले पराजय बेहाेरेकाे थियाे ।

नेपाल एसियन कप फुटबल छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले छनोट प्रक्रिया संशोधन गरेसँगै नेपाल प्लेअफ नखेलिकन सिधै तेस्रो चरणमा प्रवेश गरेको हो ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया