खेलाडीको उपचारका लागि राखेप र ट्रमा सेन्टरबीच सम्झौता

 असार २५, २०७८ शुक्रबार १८:३९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) र ट्रमा सेन्टरबीच खेलाडीको उपचारका लागि सम्झौता भएको छ । नेपाल खेलकुद महासङ्घको पहलमा राखेप र ट्रमा सेन्टरबीच खेलाडीको उपचार सम्झौता भएको हो । 

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष पौडेलले आज शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार खेलाडीका लागि इमर्जेन्सी सेवासहित, रक्तसञ्चार, शल्यक्रिया, अर्थोपेडिक तथा हाडजोर्नी, फिजियोथेरापीलगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । 

सेन्टरमा उपलब्ध नभएका सेवा तथा औषधि, औषधिजन्य सामग्री र शल्यक्रियाजन्य सामग्री तत्कालका लागि बिरामी स्वयंले व्यवस्था गर्ने र सेन्टरको सिफारिसका आधारमा राखेपसँग सोधभर्नाका लागि भुक्तानीको पेस गर्न सक्ने सम्झौतामा उल्लेख छ । 

राखेपका सदस्य सचिव सिलवालले सम्झौता सम्भव गर्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै खेलाडीलाई उपचार सुविधा प्रदान गर्न सहमत भएकोमा सेन्टरलाई धन्यवाद दिनुभयाे । डा. पौडेलले देशका लागि योगदान गर्ने खेलाडीलाई विशेष महत्त्व दिनुपर्छ भन्ने मान्यताका साथ सम्झौता गरेको बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया