चिनियाँ खेलाडीको एक तस्बिरले ल्याएको तरङ्ग

 साउन ११, २०७८ सोमबार १०:१६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चिनियाँ खेलाडी होउ झिहुइले शनिवार टोकियो ओलम्पिकमा भारोत्तोलनतर्फ ४९ किलोग्रामतर्फको प्रतिस्पर्धामा स्वर्ण पदक जितिन्। २४ वर्षीया उनले भारतीय खेलाडीलाई पछि पार्दै उपाधि जितेकी हुन् । अहिले उनको एउटा तस्बिरले तरङ्ग ल्याएको छ। 

बेलायती समाचार संस्था रोयटर्सले छापेको होउको तस्बिरले चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्तामाझ मात्र होइन सरकारी अधिकारीलाई पनि आक्रोशित बनाएको छ । दुई दिनअघि रोयटर्सले समाचारसँगै आफ्नो ट्वीटरमा राखेको तस्बिरले खेलाडी र चीनलाई होच्याएको अर्थमा धेरैले बुझेका छन् । प्रतियोगिताका क्रममा भार उचाल्दा उनको अनुहारको भाव बदलिएको थियो, जुन स्वाभाविक हो । तर, उनको यही तस्बिर रोयटर्सले छापिदिएको थियो ।

यसअघि टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेपछि अमेरिकी टेलिभिजन सीएनएनले चीनलाई स्वर्ण पदक र कोभिडको थप सङ्क्रमण शीर्षकमा खबर छापेको थियो । चिनियाँ अधिकारीले सीएनएनले जानीबुझी यस्तो शीर्षक राखेको भन्दै टिप्पणी गरेका थिए । यस्तै, अमेरिकाको एबीसी न्युज टेलिभिजनले टोकियो ओलम्पिकको उद्घाटनका क्रममा चीनको अधुरो नक्सा देखाएको भन्दै चिनियाँहरूले आलोचना गरेका थिए । 

पश्चिमा देशका सञ्चारमाध्यमले आफूबारे छापेको खबरप्रति चिनियाँ अधिकारीले असन्तुष्टि जनाउँदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया