रामेछापमा खोलाले एउटा पसल बगायो, १ सय ५० घर पहिरोको उच्च जोखिममा

 साउन १६, २०७८ शनिबार १७:५४:३२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापमा केही दिनदेखि परेको लगातारको वर्षासँगै आएको बाढीले एक पसल बगाएको छ । सुनापति गाउँपालिका – ४ बेथानमा खानीखोलामा शुक्रबार साँझ आएको बाढीले स्थानीय बाबुलाल तामाङको किराना पसल बगाएको हो । 

त्यस्तै सुनापति गाउँपालिका ४ डहुँका गर्जमान तामाङको एक तले ढुङ्गामाटाले बनेको घर र त्यही गाउँका माधव तामाङको गोठ पनि पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यसैगरी वर्षाका कारण बेथान भलबाडीका शेरबहादुर तामाङको ढुङ्गामाटोले बनेको दुई तले घर पनि पहिरोमा पुरिएको छ ।

यस्तै पहिरोले सुनापति गाउँपालिका–१ गुन्सीभदौरेका ५० घरपरिवारमा क्षति पुर्याएको छ । पहिरोका कारण ८ वटा घर बस्नै नहुने गरि भत्किएका छन् भने ४२ घरपरिवार पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यस्तै दोरम्बा शैलुङ्ग गाउँपालिकाका ६० घरहरु पनि पहिरोको उच्च जोखिममा रहेका छन् । 

यसैगरी लगातारको वर्षाका कारण सुनापति गाउँपालिका–३ हिलेदेवीको डोग्मा वस्तीमा समेत पहिरोले क्षति पुर्याएको छ । यसबाहेक पहिरोले खाँडादेवी गाउँपालिकाको थानसिङका १२ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । 

त्यसैगरी मन्थली नगरपालिका–१ बसपार्क छेउमा रहेको हिराबहादुर माझीको तीनतले पक्की घर पहिरोका कारण भाँसिएको छ । जोखिम हुने भन्दै घरलाई नगरपालिकाले डोजर लगाएर भत्काउन शुरु गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया