ईपीएल खेल्ने खेलाडीको तलब २० प्रतिशतले बढ्यो

 साउन ३२, २०७८ सोमबार ७:४८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब बढेको छ ।

ईपीएलले हिजो प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको हो । कोरोना महामारीको कारण खेलाडीले ब्यहाेरेकाे कठिनाइलाई मध्यनजर गर्दै तलब २० प्रतिशतले बढाइएको ईपीएलले जनाएको छ ।

प्रतियोगितामा सहभागी टिमका मालिक र लिग व्यवस्थापनको बैठकले तलब बढाउने निर्णय गरेको हो । ईपीएल आउँदो असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट सङ्घ (क्यान) ले मान्यता दिइसकेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया