उपचाररत बालिकाको ज्यान गएपछि अस्पताल भवन ताेडफाेड

 असोज २१, २०७८ बिहिबार ९:१:७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – जिल्ला अस्पताल पाँचथरमा उपचाररत बालिकाको ज्यान गएको विषयलाई लिएर भएको प्रदर्शन अझै रोकिएको छैन । मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

ज्वरो आएपछि अस्ति अस्पताल भर्ना भएकी फालेलुङ गाउँपालिका ८ घर भई अहिले फिदिम २ मा बसोबास गर्दै आएकी साढे तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङको सुई लगाउने बित्तिक्कै ज्यान गएको थियो । हिजो बिहानैदेखि अस्पताल परिसरमा प्रदर्शन गरेका आफन्तले  बेलुका ८ बजेपछि अस्पताल तोडफोड गरेका हुन् । त्यसपछि रातभरि नै अस्पताल क्षेत्र तनावग्रस्त भएको छ ।

बालिकाको शवसमेत आफन्तले जिम्मा लिएका छैनन् । अस्पताल परिसरमा रहेका सुरक्षाकर्मीलाई मृतक बालिकाको परिवार र आफन्तले ढुङ्गामुढा हानेपछि सुरक्षाकर्मीले पनि स्थिति नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरेको थियाे । हिजो दिनभर अस्पताल र मृतक बालिकाको परिवार बीच वार्ता भए पनि केही समाधान ननिस्किएको स्थानीयले बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया