नाडाको अध्यक्षमा थापा निर्वाचित

 मंसिर २४, २०७८ शुक्रबार १३:१८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी हुनुभएको छ ।

करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रमुख निर्वाचन अधिकृत एवम् अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले एक हजार चार सय १३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी चौधरीले एक हजार तीन सय ४७ मत प्राप्त गर्नुभएको छ ।

कुल १७ सदस्यीय कार्यसमितिमा अनुपकुमार बराल एक हजार चार सय ६३, मिलनबाबु मल्ल एक हजार चार सय ६५, राजनबाबु श्रेष्ठ एक हजार चार सय ५७, सुरेन्द्रकुमार उप्रेती एक हजार चार सय ३२, सुनिल रिजाल एक हजार चार सय दुई, अभिक ज्योति एक हजार तीन सय ८३, प्रकाश कपुरी एक हजार तीन सय ७९, विक्रम सिङ्घानियाले एक हजार तीन सय ७१ र गोपाल भट्टराईले एक हजार तीन सय ६५ मत ल्याएर विजयी हुनुभएको छ । 

त्यस्तै, नीलमणि पाठक एक हजार तीन सय ५४, वरदान बस्नेत एक हजार तीन सय ५० र पङ्कज अग्रवालले एक हजार तीन सय ३४, निराकर श्रेष्ठ एक हजार तीन सय ६४, यमुना श्रेष्ठ एक हजार तीन सय ५५, कपिल शिवाकोटी एक हजार तीन सय ४८, प्रदीपमान प्रधान एक हजार तीन सय ४६ र आकाश गोल्छा एक हजार तीन य ३९ मत ल्याएर विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभयो । 

कुल तीन हजार दुई सय सदस्य रहेका नाडामा दुई हजार सात सय ८८ मात्र मत खसेको थियो । यसअघि, संस्थागत सदस्यतर्फ सातै प्रदेशमा निर्विरोध निर्वाचित भइसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया