मोबाइलको 'फाइभ जी' प्रविधि तत्काल लागू नगर्न अमेरिकालाई बोइङ र एअरबसको अनुरोध

 पुस ६, २०७८ मंगलबार १९:१६:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीले मोबाइलको 'फाइभ जी' प्रविधिले नागरिक उड्ययन उद्योगमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन् ।

बोइङ र एअरबसका प्रमुख अधिकारीहरूले अमेरिकी सरकारलाई पत्र लेखेर विमानको विद्युतीय उपकरणको कामलाई प्रभावित पार्न सक्ने भन्दै फाइभ जी प्रविधि लागू गर्न हतार नगर्न आग्रह गरेका बीबीसीले जनाएको छ ।

अमेरिकाका दुई ठूला टेलिकम कम्पनीहरू एटीएन्डटी र भेरिजन सन् २०२२ को जनवरी ५ देखि फाइभ जी प्रविधि लागू गर्ने तयारीमा छन् । बोइङका डेभ कल्हन र एअरबस अमेरिकाका जेफ्री निटलले अमेरिकी यातायातमन्त्री पीट बूटजेजलाई पठाएको पत्रमा फाइभ जीले विमानको सुरक्षित उडान गर्ने क्षमतालाई नकारात्मक असर गर्न सक्ने उल्लेख छ ।

पत्रमा एउटा अध्ययनको तथ्याङ्कलाई पनि समावेश गरिएको छ । उड्डयन उद्योग र अमेरिकी नागरिक उड्डयन निकाय एफएएले फाइभ जीले विमानका उचाइ मापन यन्त्रजस्ता महत्त्वपूर्ण उपकरणलाई असर गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अमेरिकी मोबाइल सेवा प्रदायकहरूको समूह सीटीआईएले भने फाइभ जी सुरक्षित रहेको र उड्ययन उद्योगले तथ्य बङ्ग्याएर त्रास उत्पन्न गर्ने काम गरेकाे बताएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया