संसारको सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुँदै

पृथ्वीमा उडिरहेका चराको तस्बिर अन्तरिक्षबाटै प्रष्टरुपमा खिच्न सक्ने

 पुस १०, २०७८ शनिबार १४:१४:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी अन्तरिक्ष नियोग नासाले निर्माण गरेको संसारकै सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुने भएको छ । दश बिलियन अमेरिकी डलरको लागतमा निर्माण भएको टेलिस्कोपको क्रिसमस डे को अवसर पारेर आज प्रक्षेपण गर्न लागिएको बीबीसीले जनाएको छ ।

नासासहित युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले टेलिस्कोप निर्माण गरेका हुन् । टेलिस्कोपले पृथ्वीमा उडेको चराको तस्बिर पनि अन्तरिक्षबाटै स्पष्टरुपमा खिच्न सक्ने नासाले जनाएको छ ।

अहिलेसम्म अन्तरिक्षमा पठाएको टेलिस्कोपमध्ये सन् १९९० मा प्रक्षेपण गरिएको हब्बल टेलिस्कोपलाई शक्तिसाली मानिन्छ । नासाले आज प्रक्षेपण गर्न लागेको टेलिस्कोप हब्बल भन्दा एक सय गुणा शक्तिशाली रहेको बीबीसीले जनाएको छ ।

यस टेलिस्कोपले ब्रम्हाण्डको सुरुआतमा निर्माण भएका ग्यालेक्सी, उल्कापिण्ड र ग्रहलाई पनि पत्ता लगाउने अपेक्षा रहेको नासाले जनाएको छ । जेम्स वेब टेलिस्कोपलाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो विज्ञान परियोजना मानिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया