नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

 पुस २८, २०७८ बुधबार ८:५८:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – उत्तर कोरियाले नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । 

नेता किम जोङ उनको रेखदेखमा हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको समाचार संस्था केसीएनएले जनाएको छ । सन् २०२० को मार्च महिनायता क्षेप्यास्त्र प्रक्षेपण हुँदा नेता किम उपस्थिति भएको यो पहिलो पटक हो । हिजो परीक्षण गरेको क्षेप्यास्त्रबारे यसअघि विस्तृत विवरण आएको थिएन । नयाँ हाइपरसोनिक क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको खबरमा उल्लेख छ । 

नयाँ वर्षको अवसरमा नेता किमले प्योङयाङको प्रतिरक्षालाई बढाउने बताउनुभएको थियो । त्यसपछि दुईवटा क्षेप्यास्त्र परीक्षण भएका छन् । उत्तर कोरियाले यसअघि जनवरी ५ तारिखमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण सफलतापूर्वक गरेको थियो । अमेरिका, बेलायत, जापान, फ्रान्सलगायत देशले त्यसको निन्दा गरेका थिए । 

हाइपरसोनिक अस्त्रको गति ध्वनिकोभन्दा पाँच गुणा बढी अर्थात् प्रतिघण्टा ६ हजार २०० किलोमिटर हुन सक्छ । हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्नसक्ने थोरै देशमा उत्तर कोरिया पर्छ । अमेरिका र चीनले पनि यो क्षेप्यास्त्र विकास गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया