‘छक्का पञ्जा –२’ युट्यूबमा रिलिज हुने कुरा हल्ला मात्रै

 भदौ २६, २०७५ मंगलबार १७:३२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आज छक्का पञ्जा –२’ युट्यूबमा रिलिज हुने हल्ला आइरहेको छ  ।  

‘छक्का पञ्जा –२’  रिलिज हुने कुराले एकाएक माहोल तातिएको छ । तर चलचित्रकी निदेर्शक दीपाश्री निरौलाले यसको खण्डन गरेकी छिन्, ‘यस्तो हल्ला कँहाबाट आयो हामीलाई थाहा छैन ।’

‘छक्का पञ्जा –२’ युट्यूबमा रिलिज हुने डेट अझै पनि टुंगो नलागेको निर्देशक निरौलाको भनाई छ । युट्यूबमा रिलजकै कुरालाई लिएर आफूलाई पनि बिहानै देखि फोन आइरहेको निर्देशक निरौलाले बताइन् । निर्देशक निरौलाले छक्का पञ्जालाई माया गर्ने सबैलाई धन्यवाद दिँदै भ्रामक कुराको पछि नलाग्न आग्रह समेत गरेकी छिन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया