जिल्ला कारागार कार्यालय रामेछापमा कैदीबन्दी भेट्न प्रतिबन्ध

 माघ १६, २०७८ आइतबार १३:३१:१७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालय रामेछापले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ ।

कोरोना भाइरस सङ्क्रमण हुनेहरुकाे सङ्ख्या बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्दामा कैद भुक्तान गर्दै आएका कैदीबन्दीहरुका आफन्त र अन्य व्यक्तिहरुलाई तत्काल भेटघाट गर्न प्रतिबन्ध लगाइएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिनुभयाे । 

उहाँले भन्नुभयाे -'कोरोना महामारी बढेसँगै कारागार व्यवस्थापन विभागले परिपत्र गरेर कोरोना अवधिभर थुनुवा कैदी बन्दीसँग हुँदै आएको सबै भेटघाट कार्यक्रम स्थगित गर्न निर्देशन गरेअनुसार अहिले भेटघाट कार्यक्रम बन्द गरिएको हो।' 

कोरोना सङ्क्रमण दर कम भएपछि कैदीबन्दीसँग आफन्तहरुको भेटघाट जारी राख्ने पनि जेलर घिमिरेले बताउनुभयाे । 

    

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया