प्रशिक्षक–खेलाडी विवाद : छानबिन समिति गठन, १ हप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन

 बैशाख २५, २०७९ आइतबार १८:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादबारे छानिबन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

ललितपुरकाे एन्फा मुख्यालयमा आज आइतवार बसेको कार्यसमितिकाे आकस्मिक बैठकले फुटबलका मुख्य प्रशिक्षक र खेलाडीको विवादबारे छानबिन गर्न आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा पूर्व खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा रहेका छन् । एन्फाले एक हप्तामा विवादबारे छानबिन गरेर प्रतिवेदन पेस गर्न एन्फालाई निर्देशन दिएको छ ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय खेलाडीले मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गते १० जना खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताईरीले पटक–पटक क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर प्रशिक्षण छाडेको खेलाडीहरूले बताउँदै आएका छन् ।

प्रशिक्षक अलमुताइरीले क्याम्प छाडेका खेलाडीको ठाउँम नयाँलाई ठाउँ दिँदै प्रशिक्षण गराइरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया