सञ्जुलाई अन्तिम श्रद्धाञ्जली

 बैशाख २७, २०७९ मंगलबार १७:४९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १३ औँ सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाएकी स्व. सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदले आज मङ्गलवार अन्तिम श्रद्धाञ्जली दिएको छ । 

त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषदमा परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले चाैधरीलाई फूलमाला तथा अबिरबाट श्रद्धाञ्जली अर्पण गरे । यस्तै राखेपका विभागीय प्रमुखहरू, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट, कर्मचारी, खेलाडी तथा खेलकर्मीले चौधरीको शवमा अबिर तथा फूलमालाले श्रद्धाञ्जली अर्पण गरे । 

बाँके आदर्श टोलकी चौधरीको शव आजै उनको जन्म घर बर्दिया लगिएको छ । ललितपुरको लुभुमा आज बिहान झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्जुको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखेपको परिसरमा राखिएको थियो । १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी सञ्जुकाे प्रारम्भिक रिपोर्ट आत्महत्या देखिएको छ ।

१९ औँ एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन उनी काठमाण्डाै आएकी थिइन् । एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् । सञ्जुले १३ औँ सागमा महिला ५९ केजी तौल समूहमा श्रीलङ्काका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया