ओखलढुंगाकाे चिशंखुगढीमा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार १४:३९:११ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – चिशंखुगढी गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादी नेता निशान्त शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अशोक थापाभन्दा ५ सय ७ मत बढी पाएर अध्यक्षमा शर्मा पुनः विजयी हुनुभएको हो । 

शर्माले ३ हजार १ सय ९८ मत प्राप्त गर्दा थापाले २ हजार ६ सय ९१ मत पाउनुभयो । शर्मा यसअघि पनि २०७४ सालमा माओवादीबाटै अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।  

गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका सन्तोषबाबु थापा उपाध्यक्षमा विजयी हुनुभयो । नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई १ हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित हुनुभएको हो । थापाले तीन हजार एक सय १६ र राईले २ हजार ५० मत प्राप्त गर्दा राईले २ हजार ५० मत पाउनुभयो । यो गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रविच गठबन्धन भएको थियो । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी यो पालिकामा एक्लाएक्लै चुनाव लडेका थिए ।

यहाँका ८ वडामध्ये ४ वडामा माओवादी केन्द्र, दुईमा नेपाली कांग्रेस, एउटा वडामा नेकपा एमाले विजयी भएका छन् । यस्तै वडा नं.३ मा वडा अध्यक्षका उम्मेदवारहरुको मत बराबरी भएपछि पुनः मत गणना शुरु भएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया