ओखलढुंगाकाे लिखु गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

 जेठ ३, २०७९ मंगलबार १९:२६:३ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – ओखलढुंगाकाे लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोककुमार कार्की विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार मिलनकुमार विष्टलाई २८४ मतान्तरले पछि पार्दै जित हात पार्नुभएको हो ।  

एमालेको गढका रुपमा रहेको लिखुमा यस पटक कांग्रेसले वहुमतसहित प्रमुखमा बाजी मारेको छ । कार्कीले तीन हजार सात सय ७६ मत ल्याउँदा एमालेका विष्टले तीन हजार चार सय ९२ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा भने नेकपा एमालेकी अस्मिता थापा कांग्रेसको भन्दा ११ सय बढी मत ल्याएर विजयी हुनुभएको छ । थापाले चार हजार ११६ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसकी प्रेमकुमारी दाहालले ३ हजार ९३ मत प्राप्त गर्नुभएको छ । 

९ वडा रहेको यो पालिकामा नेपाली कांग्रेसले ५ नेकपा एमालले ३ र माओवादीले १ वडा जितेका छन् । यसअघि एमालेले ४ वडा र प्रमुख उप्रमुख दुवै जितेको थियो । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया